Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

२१ असार २०७८। दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य धेरै व्यक्ति घाइते भएका छन् । विमानमा ९० जना सवार रहेको बीबीसीले जनाएको छ ।

सुरक्षाकर्मीहरुले विमानको भग्नावशेषबाट कम्तिमा ४५ जनाको शव निकालेको जनाएका छन् । दुर्घटनामा ४० जनाको जिवितै उद्धार गरिएको थियो भने पाँच जना अझै बेपत्ता रहेको बताइएको छ ।

देशका दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने क्रममा उक्त विमानले धावनमार्ग पहिल्याउन नसक्दा दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । मृतकमध्ये अधिकांश सैनिक रहेका छन् ।

सो विमानमा सवार सैनिकलाई दक्षिणी फिलिपिन्समा रहेका विद्रोही समूह अबु सयाफ समूहविरुद्ध कारवाहीका लागि पठाइएको थियो ।एजेन्सी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments