Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

काठमाडौं,१२ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदिय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले संविधान संसोधन हुनुपर्ने आफ्नो पार्टीको माग संवोधन नगरे छठ लगतै केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

सोमबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कर्णले संविधान संसोधन गर्ने सहमति पश्चात मात्रै आफ्नो पार्टीले सरकारलाई समर्थन गरेको तर हाल सम्म पनि त्यस तर्फ सरकारले कुनै चासो नदेखाएकाले छठ लगतै पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरिने बताएका हुन् ।

कर्णले प्रदेश नम्बर २ सरकारले प्रहरी ऐन ल्याएर देश टुक्राउन खोजको नभई संविधानको धारालाई नै टेकेर त्यसो गरिएको जिकिर गरे । उनले भने, “प्रदेश नम्बर २ सरकारले मात्र होइन यस्ता ऐन अव हरेक प्रदेशले ल्याउनु पर्छ” । संघीयता नरुचाउनेहरुले प्रदेश नम्बर २ सरकारले ल्याएको ऐनलाई विरोध गरेर संघियतालाई नै कमजोर बनाउने षड्यन्त्र गरिरहेको समेत उनले आरोप लगाए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments