Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

विर्तामोड,१० कात्तिक । मोटरसाइकल दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ निवासी सुमन राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए। उनका अनुसार मेचीनगर १५ स्थित इटाभट्टा भित्री सडकखण्ड अन्तरगत बंशल बगान भन्ने स्थानमा बा ९० प ३८८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटना परी मोटरसाइकल चालक २७ वर्षीय रवीन्द्र श्रेष्ठलाई केही नभए पनि मोटरसाइकलको पछाडि सवार राई गम्भीर घाइते भएका थिए। घाइते राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा लगिए पनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments