Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026
पत्रपत्रिकाबाट

हेटौँडा, १० कात्तिक । प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको समाचार आजको गोरखापत्रले पृष्ठ ३ मा छापेको छ ।

प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा चालक अनुमति प्राप्त गर्न अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको हो । विधेयकको चालक अनुमतिसम्बन्धी व्यवस्थामा दफा ५१ मा चाकको योग्यता कक्षा ८ उत्तीर्ण नभएको व्यक्ति चालक अनुमतिपत्र प्राप्त गर्न योग्य नहुने उल्लेख छ ।

प्रदेशसभामा पेस भई सैद्धान्तिक छलफल भएको विधेयकमा अनुमतिपत्र प्राप्त गर्न ठूला सवारीको हमा २५ वर्ष, मझौला सवारीका लागि २२, सानो सवारी, मोटरसाइकल, स्कुटरलगायतका सानो दुई पांग्रेका लागि १८ वर्ष उमेर भएको हुनुपर्ने व्यवस्थासहित प्रस्ताव गरेको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments