Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

काठमाडौ, ७ कात्तिक । भारतीय कम्युनिष्ट पार्टी (मार्कसवादी) का महासचिव सिताराम यचुरी सत्तारुढ नेकपाले आयोजना गर्न लागेको चियापान कार्यक्रममा सहभागिहुने भएका छन् ।

भोलि काठमाडौँ आउन लागेका भारतको ठूलो कम्युनिष्ट पार्टी भाकपा (मार्क्सवादी) का महासचिव सीताराम यचुरीले १० कार्तिकमा नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागिता जनाउन लागेका हुन्। दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भई नेकपा बनेपछि आयोजना गर्न लागिएको चियापानमा सहभागी हुन भाकपा ९मार्क्सवादी० का महासचिव यचुरीले निम्तो पाइसकेका छन्।

नेकपाको औपचारिक निमन्त्रणमा आउन लागेका महासचिव यचुरीलाई नेकपाले पोखराको भ्रमणपनि गराउने भएको छ। काठमाडौँ बसाईंका क्रममा यचुरीले नेकपा अध्यक्षद्वय प्रम केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेता माधव नेपाल लगायतसँग भेटवार्ता गर्नेछन्। त्यसबाहेक शुक्रबार (९ कार्तिक)मा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा यचुरीले भारतीय कम्युनिष्ट आन्दोलनको आरोह–अवरोहबाट बताउनेछन्।

शनिबार (१० कार्तिक) मा आयोजना हुने चियापान कार्यक्रममा सहभागिता जनाएर आइतबार यचुरी पोखरा जाने कार्यक्रम रहेको नेकपा केन्द्रीय सदस्य बिष्णु रिजालले बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments