Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

काठमाण्डौं,३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले ७ लाख शिक्षक लाइसेन्सधारी बेरोजगार रहेको भन्दै उनले शिक्षा संकायको पढाइमै त्रुटि रहेको बताए ।

उनले अब शिक्षा संकायको पढाइ रोक्नुपर्ने बताउदै शिक्षकको उत्पादन अधिक मात्रामा भएकोले अब प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताए ।

उनले शिक्षक उत्पादन गर्ने ‘उद्योग’ अर्थात शिक्षा संकायको पाठ्यक्रम र पठनपाठनमै कमजोरी रहेको उनको आशय थियो । अब ‘उद्योग’ नै परिवर्तन गरेर सार्वजनिक शिक्षामा रुपान्तरण गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

महोत्तरीको गौशाला नगरपालिकामा उच्च शिक्षा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले भने, शिक्षक ‘शिक्षक’ जस्तै हुनुपर्छ, न की पुरानो ढंगको शिक्षक ।’ पुरानो शिक्षा पद्धति पनि भत्काउनुपर्ने भन्दै उनले नयाा पद्धति बनेमात्रै सामुदायिक विद्यालय रुपान्तरण हुने तर्क राखे ।

‘एउटा मास्टरले मात्रै पढाएर हाुदैन, घरले समेत ध्यान दिनुपर्छ,’ उनले भने, ‘शिक्षा संकायको पढाइ अहिलेलाई रोकांै, शिक्षक उत्पादन धेरै भयो, अब प्राविधिक शिक्षामा जोड दिऔं ।’

‘अहिले यसलाइ केही समयको लागि बन्द गरौं । २५४ विधालयमा प्राविधिक शिक्षा सुरु भैसकेको छ । श्रमलाई सीपसग जोडौं, सिपलाई उत्पादन , उत्पादनलाई समृद्धिसाग जोडौं’ उनले भने ।

हरेक विद्यार्थीले विद्यालयको पढाइ सकिादा एउटा सीप सिकेर जानुपर्ने गरी शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो । ‘अब कालोपाटीमा पढाएर मात्रै हुादैन, प्राविधिक शिक्षा पढाउनुुपर्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments