Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

गौरादह, २३ असोज । गौरादह नगर स्रोतकेन्द्र भित्र आधारभुत तहमा सम्पूर्ण विद्यालय उमेर समूहका बालबालिकाहरु भर्ना भएको उद्घोषणका साथ पूर्ण विद्यार्थी भर्ना २०७५ घोषणा समारोह कार्यक्रम आज सम्पन्न भएको छ ।

गौरादह नगरपालिका भित्र रहेका आधारभुत तहमा विद्यालय जाने उमेर समूहका बालबालिकाहरु विद्यालय बाहिर नरहेकाले गौरादह नगरलाई पूर्ण विद्यार्थी भर्ना घोषणा गरिएको हो ।

गौरादह स्रोत केन्द्रको सभाहलमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थि, समाजसेवी र बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

गौरादह नगर स्रोतकेन्द्र परिवार गौरादह झापा ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले विद्यालयमा बालबालिकाको भविष्य उज्जवल बनाउन आवस्यक बजेट पास गर्ने नगरपालिकाको योजना रहेकाले विद्यालयको भौतिक संरचना निर्माण, छात्रा मैत्री शौचालय निर्माण गर्नुको साथै विद्यालयलाई कम्प्युटरको व्यवस्था गरिने बताए । विद्यालयमा प्राथमिक उपचारका लागि आवश्यक औषधि उपलब्ध गराइनुका साथै विद्यार्थीहरुका लागि स्वास्थ्य शिविर आयोजना गरिने बताए ।

गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा इ–हाजिरिको व्यवस्था गर्ने बताए ।

जनता मावि गौरादहका प्रधानाध्यापक बुद्धिमान कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसअवसरमा उपमेयर गीता भेटवाल, नेपाल शिक्षक महासंघ गौरादह नगर अध्यक्ष बाबुराम भण्डारी, प्रगति माविका प्रधानाध्यापक मान बहादुर घिमिरे वडा नं. ८ का वडाध्यक्ष भुमिराज पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गौरादह स्रोत केन्द्रका स्रोत व्यक्ति हरि अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सरस्वति आधारभुत विद्यालयका प्रधानाध्यापक याम बहादुर कार्कीले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments