Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, ७ माघ २०७७ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा। भोला थापा नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गर्नुभएको हो ।

विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वको समितिले डा। रामकण्ठ मकाजू, प्रा।डा। भोला थापा र प्रा.डा.बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । दुई जनालाई पछि पार्दै थापा उपकुलपतिमा नियुक्त भएका हुन् ।

नव नियुक्त उपकुलपति थापा काठमाडौं विश्वविद्यालका मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् । यसअघि उहाँ विभागका प्रमुख, डिन, रजिस्टार र कार्यवहाक उपकुलपतिको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया