गौरादह, ३ पौष । झापाको गौरादह नगरपालिका वडा नं -४ स्थित डोरामारीमा सरसफाइ तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।स्थानीय सिनर्जी युथ क्लबको आयोजना र पिजाफ ग्रुप अफ कम्पनीज प्रा.लि. को सह-आयोजनामा सम्पन्न कार्यक्रममा गौरादह -४ को डोरामारी बजार तथा बिद्यालय क्षेत्र सरसफाइ गरिएको छ।
बजार तथा बिद्यालय क्षेत्रको वातावरण हाराभारा र स्वाच्छ राख्न सरसफाइ गरिएको आयोजक क्लबका अध्यक्ष सन्तोष भण्डारीले जानकारी गराए। युवाहरुलाई सहि मार्ग निर्देश गर्ने र सामाजिक कार्य गर्ने उदेश्यले स्थापना गरिएको सिनर्जी युथ क्लबले समाज रुपान्तरणका लागि काम गरिरहेको क्लबका कोषाध्यक्ष घनस्याम श्रेष्ठले बताए।
विहान सरसफाइ गर्न वडा नं -४ का वडाध्यक्ष मणिन्द्र कार्की सहित क्लबका पदाधिकारी र स्थानीय बासिहरु हातमा झाडु,बाल्टी, बेल्चा, लिएर ७० जना भन्दा बढी सहभागी भएका थिए।डोरामारी बजार तथा विद्यालय क्षेत्रबाट संकलित फोहोरलाई खाल्डोमा राखी आगो लगाई नष्ट गरिएको सह -आयोजकका एमडी. रोहित कुमार भण्डारीले जानकारी गराए।
कोरोना भाइरसको संक्रमणका कारण सामाजिक दुरी कायम गरि भिडभाड नगरी सरसफाइ गरिएको डोरामारी मा।बि।का प्रधानाध्यापक केदार बहादुर भण्डारीले जानकारी गराए। गौरादह वडा नं -४ मा रहेको एक मात्र बजार डोरामरीमा समय समयमा सरसफाइ गरिदै गरेकोमा स्थानीय क्लबमा आबद्ध युवाहरुको सक्रियतामा सरसफाइ गरिएको डोरामारी बजार ब्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर कटुवालले बताए।
सिनर्जी युथ क्लबको आयोजना र पिजाफ ग्रुप अफ कम्पनी प्रा.ली. को सह -आयोजनामा दिउसो रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा पन्चकन्या रेडक्रस उपशाखा बिर्तामोडको प्राबिधिक सहयोग रहेको थियो। डोरामारी माध्यमिक बिद्यालयमा संचालन गरिएको रक्तदान कार्यक्रममा १२ महिला सहित ५२ जना स्थानीय बासिन्दाले रक्तदान गरेका थिए। संकलित ५२पिन्ट रगत पन्चकन्या रेडक्रस उपशाखा बिर्तामोडमा जम्मा गरिएको स्वास्थ्य कर्मी बिणा भण्डारीले जानकारी गराइन।