Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

कमल, ७ मंसिर २०७७ । झापाको कमल गाउँपालिकामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । आज (आइतबार) साँझ ५ः३० बजेको समयमा दमक नगरपालिका वडा नं. १ बस्ने ४७ वर्षीय श्रीमान चुडामणी भण्डारीले ३९ वर्षीया श्रीमती टिका देवी पौडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

श्रीमती टिका देवी पौडेल र दमक नगरपालिका-२ बस्ने ३५ वर्षका प्रकाशचन्द दाहाल खेतमा धान उठाउन गएकोमा निजको श्रीमानलाई शंका लागी खेतमा गई दुवै जनालाई धारिलो हतियार खुकुरी प्रहार गर्दा श्रीमतीलाई घट्नास्थलमा नै मारेपछि प्रकाश चन्द दाहाललाई समेत खुकुरी प्रहार गरी घाइते बनाएको र निज घाईतेलाई उपचारको लागी एडभान्स अस्पताल दमक पठाइएको जनाइएको छ ।

खुकुरी प्रहार गर्ने चुडामणी भण्डारीलाई इलाका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीको लागी इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया