Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

मंसिर २५, २०७४ दमक ÷मेची अञ्चलका नौवटा प्रतिनिधिसभाका क्षेत्रमा भएको निर्वाचनमा विजयी हुने पवित्रा निरौला एक्ली महिला बनेकी छन्। झापाको क्षेत्र नं.– २ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी उनले प्रतिष्पर्धी नेपाली कांग्रेसका उद्धव थापालाई पराजित गर्दै मेची अञ्चलबाट निर्वा्चित हुने एक्ली महिलामा नाम लेखाएकी हुन्। ४५ हजार ८१७ मत पाएकी निरौलाले ३१ हजार ५० मत पाएका उद्धव थापालाई पराजित गरेकी हुन्। निरौला र थापा दुवै दोस्रो संविधानसभाका पराजित उम्मेदवार हुन्। दोस्रो संविधानसभाको निर्वाचनमा निरौला कांग्रेसका सुधीरकुमार शिवाकोटीसँग र थापा एमालेका प्रेम गिरीसँग पराजित भएका थिए। मेची अञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम र झापामा प्रतिनिधिसभातर्फ नौ निर्वाचन क्षेत्र छन्। ताप्लेजुङमा एमालेका योगेशकुमार भट्टराई र पाँचथरमा पनि एमालेकै वसन्त नेम्वाङ विजयी भएका छन्। यी दुवै जिल्लामा प्रतिनिधिसभातर्फ एक एक क्षेत्र छन्। दुई क्षेत्र रहेको इलाममा पनि एमालेकै झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ निर्वा्चित भएका छन्। झापाका पाँच निर्वाचन क्षेत्रमध्ये अन्य चार क्षेत्रमा समेत पुरुष उम्मेदवारले नै चुनाव जितेका छन्।
को हुन् निरौला? २०३५ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर वामपन्थी राजनीतिमा प्रवेश गरेकी निरौलाको जन्म २०२० साल माघमा भएको हो। किशोरावस्थादेखि नै राजनीतिमा लागेका कारण उनले जेलजीवनसमेत भोग्नुप¥यो। एमालेकी राष्ट्रिय प्रतिनिधि परिषद सदस्यसमेत भइसकेकी उनले झापामा क्रियाशील महिला राजनीतिज्ञमध्ये प्रखर वक्ताको रूपमा समेत पहिचान बनाएकी छन्। २०५४ सालमा जिल्ला विकास समितिको सदस्य भएर काम गरिसकेकी उनी पहिलो पटक भएको संघीय संसदको निर्वाचनमा मेची अञ्चलकै एक्ली सांसद बन्न सफल भएकी हुन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments