Online Bichar
सोमबार, आश्विन १९, २०८३ | Monday, October 5, 2026

काठमाडौं, १९ असोज २०८३ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट १५ बुँदे संकल्प अघि सारेको छ । उपसभापति विश्वप्रकाश शर्माले १५ बुँदे संकल्प प्रस्ताव बन्दसत्रमा पेस गरेका हुन् । कांग्रेसले लोकतान्त्रिक संस्कृतिको क्षय नियन्त्रण गर्दै पुनर्जागरण तर्फ अघि बढ्ने विषयमा १५ संकल्प लिएको हो ।

उक्त संकल्पमा व्यक्तिको बिचारलाई केन्द्रमा राख्ने तर बिचारको केन्द्रमा व्यक्तिलाई नराख्ने उल्लेख छ । यस्तै, फरक विचारको अनिवार्य आत्मसात् गर्दै त्यसलाई स्थायी गुटका रूपमा विकास गर्ने प्रवृत्तिलाई संगठनको आधार नबनाउने उल्लेख छ । व्यक्तिको प्रभावको बलमा कुनै पदलाई स्थायी गराएर पटक(पटक दोहोरिने प्रवृत्तिलाई स्वीकार नगर्ने प्रतिवेदनमा भनिएको छ ।

कांग्रेसले विचार र सिद्धान्तलाई प्रतिकुल अवसरअनुसार नबदल्ने भनेको छ । यस्तै, पहुँच र प्रभावका आधारमा उमेदवारीलाई प्राथमिकता नदिने उल्लेख छ । पार्टी नेतृत्व, सदस्य र समितिको अपारदर्शिता स्वीकार गर्दैनौँ ।

नागरिक जनादेशलाई अहंकारमा बदल्ने दुष्प्रयास नगर्ने संकल्प कांग्रेसले लिएको छ । चुनावी घोषणापत्रलाई ञऋण लिएर बिर्सिने तमसुकझ मा सीमित नगर्ने भनिएको छ । कानुनी प्रक्रियामा राजनीतिक संरक्षणको विसंगति स्वीकार नगर्ने उल्लेख छ । सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने भनिएको छ ।

सामाजिक सञ्जाललाई आन्तरिक विवादको अखडा नबनाउने उल्लेख छ । कलिलो उमेर भएकाले बोक्ने परिपक्व एजेण्डालाई कांग्रेसले नजरअन्दाज नगर्ने संकल्प कांग्रेसले लिएको छ ।

समावेशितालाई केबल संख्यामा सीमित नगर्ने भनिएको छ योगदानको सदैव कदर गर्ने तर त्यसैलाई नै योग्यताको एकमात्र आधार नबनाउने भनिएको छ । अल्पकालीन स्वार्थलाई संस्था, विचार र लोकतान्त्रिक मूल्यभन्दा माथि नराख्ने भनिएको छ ।

तपाईको प्रतिक्रिया