Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

गौरादह, ३० भदौ । गौरादह नगरपालिका वडा नं-८ को बैराती बजारमा टहरा निर्माणको रकम फरफारकका क्रममा निधन भएका स्व.धनबिर राजवंशीको परिवारले क्षतिपूर्ति बापतको रकम पाएका छन्।गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साह र उपप्रमुख गिता भेट्वालले स्व. राजवंशीकी धर्म पत्नी पार्वती राजवंशीलाई संयुक्त रूपमा ५ लाखको चेक हस्तान्तरण गरेका छन्।

गौरादह नगरपालिकाले धनबरको निधनपछि उनको परिवारलाई ५ लाख रुपैयाँ राहात स्वरूप उपलब्ध गराउने घोषणा गरेको थियो।धनबिर राजवंशीका छोराहरुको उपस्थितिमा उनकी पत्नी पार्वती राजवंशीलाई राहत स्वरूप ५ लाख रूपैयाँको चेक हस्तान्तरण गरिएको हो।गौरादह नगरपालिका वडा नं ८ भुडिसिमलमा स्थायी बसोबास गर्दै आएका मृतक धनवीर राजवंशी भवन निर्माणको काम सम्पन्न गरि असोज १२ गते उपभोक्ता समितिको रकम भुक्तानीका लागि नगरपालिका गएका थिए। त्यस अगाडि पनि सोही कामको रकम भुक्तानीका लागि पटक पटक नगरपालिका धाएका थिए।

०७६ असोज १२ गते पनि रकम भुक्तानी नपाए पछि उनी नगरपालिकाको मुल गेटमै बेहोस भई ढलेका थिए। नगरपालिकामा बेहोस भई ढलेपछि उनलाई उपचारका लागि बिराटनगर लगिएको थियो। उपचारको क्रममा उनको निधन भएको थियो। धनबिर राजवंशीको निधन भएपछि उनको सब नगरपालिकामा राखेर स्थानीय बासिले मृतकको परिवारलाई उचित क्षतिपूर्तिसहित घटनाका दोषिलाई बर्खास्त गर्न माग गर्दै आन्दोलनमा उत्रिएका थिए।

गौरादह नगरपालिकाले मृतक धनवीर राजवंशीको परिवारलाई भरणपोषणका लागि राहत स्वरूप ५ लाख रूपैयाँ उपलब्ध गराउने र दोषीलाई बर्खास्त गर्ने निर्णय गरेपछि स्थानीय बासि र परिवारजनले सब जिम्मा लिई दाहसंस्कार गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments