Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

शान्ति सुब्बा

गौरादह, ४ भदौ २०७७ । कोरोना संक्रमणको जोखिम बढिरहेको समयमा गौरादह-१ की एक महिला लुकीछिपि भारत गएर आएर घरमा नै लुकेर बसेको छिमेकीले थाहा पाएपछि उनलाई क्वारेन्टाइनमा लगिएको छ । गौरादह-१ मा किराना पसल गर्दै आइरहेकी अन्दाजी ३३ वर्षिय महिलालाई हिंजो गौरादह-७ को ग्वालडुब्बाको जुरोपानीको क्वारेन्टाइनमा लगिएको छ ।

ति महिलाको केहि समय अघि बुवाको मृत्यु भएकोले माइतीघर भारत रहेकोले त्यहीं गएर आउने जाने गरेको गौरादह नगर स्वास्थ्य शाखा सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । भारत गएर पनि स्थानीय क्वारेन्टाइनमा नै नबसी घरमा नै बसेको हुनाले संक्रमण हुन सक्ने आशंकामा उनलाई क्वारेन्टाइन लगिएको श्रेष्ठले बताए ।

आशंका गरिएकी ति महिलाको ५ दिनपछि पीसीआर परीक्षण गरिने बताउँदै यदि ति महिलामा पीसीआर पोजेटिभ देखिए उनका घरपरीवार, आफन्त र उनीहरुको सम्पर्कमा आएका सबैको क्न्टयाक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गरिने जनाइएको छ ।

सो अवधिभर उनिहरुको सम्पर्कमा आएका सबैजनालाई हाल होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । साथै ति महिलालाई क्वारेन्टाइनमा लाने बित्तिकै उनको परीवारहरु पनि हाल होम क्वारेन्टाइनमा नै बसेका श्रेष्ठले बताएका छन् ।

यस्तै, हालसम्म गौरादह नगरपालिकाको क्वारेन्टाइनमा ८५ जना व्यक्तिहरु रहेको जनाइएको छ । जसमध्ये, गौरादह कृषि क्याम्पसको क्वारेन्टाइनमा १८, जनता मा.वि. को क्वारेन्टाइनमा २३, नमुनाखेती को क्वारेन्टाइनमा ३३, जुरोपानीको क्वारेन्टाइनमा ४ र महारानीझोडा स्वास्थ्य चौकीको पुरानो भवनमा ७ जना रहेको श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया