Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

शान्ति सुब्बा

गौरादह, २ भदौ २०७७ । झापाको गौरादह नगरपालिकाको वडा नं.७ का दुइजना पुरुषमा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमितको सम्पर्कमा आएका १०० जनाको पीसीआर परीक्षणका लागि पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

समुदायमा कोरोना फैलने आशंकामा यहि साउन २७ गते वडा नं. ३, ७ र ८ को समुदाय तथा स्थानीय बजार र एन.आइ.सि एशिया बैकका कर्मचारी गरि १०० जनाको स्वाब संकलन गरि मेची अञ्चल अस्पताल पठाइएको थियो ।
उनिहरु सँग प्रत्यक्ष सम्पर्कमा आएका आफन्त, कन्ट्याक्ट ट्रेसिङको आधारमा एन.आइ.सी एशिया बैंक गौरादह शाखाका ३ जना कर्मचारी तथा ग्वालडुब्बा बजार क्षेत्रका ३५ जना महिला र ६५ पुरुष गरि १०० जनाको पहिचान गरि पीसीआर परीक्षण्का लागि स्वाब संकलन गरिएको थियो ।

गौरादह-७ को जामवाडी घर भएका इलाममा कार्यरत सशस्त्र प्रहरी बलका २५ र २७ वर्षका दुई जवान बिदा मनाउन घर आएका थिए । उनिहरु होम क्वारेन्टाइनमा नै बसेका बेला पीसीआर परीक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण पुष्टी भएको थियो । गौरादहमा हालसम्म ५ महिला र १२ पुरुष गरि १७ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । जसमा ५ जना पुरुष मोरङ्ग गोठगाउँको आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै,समुदायमा कोरोना फैलन सक्ने त्रासले यहि साउन २८ गते १ सय १२ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि पठाइएको छ । जसमा १८ महिला र ९४ पुरुष रहेका छन् । उनिहरु १६ देखि ५१ वर्ष उमेर समूहका रहेका छन् । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका मध्ये गौरादह५ को महारानीझोडा पुरानो स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका ७ जना, जनता मा.वि को क्वारेन्टाइनमा बसेका, २३ र गौरादह कृषि क्याम्पस क्वारेन्टाइनमा बसेका १८ गरि ४८ जना रहेका छन् । यस्तै, ४ र ५ नं. वार्डका समुदायमा रहेका ६४ जना गरि १ सय १२ जनाको स्वाब संकलन गरि मेची प्रादेशिक अस्पतालमा भद्रपुरमा पठाइएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया