Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, ६ जेठ । सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको संसदमा प्रधानमन्त्री केपी ओलीले जवाफ दिएपछि बैठकको बहुमतले पारित गरेको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरेपनि सत्तापक्षको बहुमतबाट नीति तथा कार्यक्रम पारित गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुई दिन छलफलपछि मंगलबार सभामुख अग्नि सापकोटाले निर्णयार्थ पेस गरेका थिए ।

नीति तथा कार्यक्रममा केही सांसदले संशोधन प्रस्ताव गर्दा गराएका थिए । उनीहरूले चित्त नबुझेको भन्दै संशोधन प्रस्तावहरू फिर्ता लिएनन् ।

ध्वनीमतले ती संशोधन प्रस्ताव अस्वीकृत भएसँगै नीति तथा कार्यक्रम निर्णयार्थ संसदमा प्रस्तुत गरिएको थियो । जुन प्रस्ताव बहुमतले पारित भएको हो ।

अब यसकै आधार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने छ ।

तपाईको प्रतिक्रिया