Online Bichar
मंगलबार, बैशाख २५, २०८१ | Tuesday, May 7, 2024

काठमाडौं, ३० वैशाख २०७७ । पर्सामा एकैपटक भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड- १९) संक्रमितमध्ये ४ जना पत्रकार पनि रहेको पुष्टि भएको छ।

उनीहरु पर्सा जिल्लामा कार्यरत विभिन्‍न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी रहेको बुझिएको छ। रिपोर्टिङका क्रममा हिँड्दा जोखिम महसुस गरेछि उनीहरुले नै स्वाब संकलन गरी परीक्षण गर्न लगाएका थिए।

मंगलबार सार्वजनिक भएको रिपोर्ट अनुसार उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्‍नेतले पर्सामा सक्रिय चार पत्रकारलाई कोरोना देखिएको पुष्टि गरेका छन्।
उनले विस्तृत विवरण पछि भन्छौं भनेका छन् ।

देशभर मंगलबार ५७ जनामा कोरोना पोजेटिभ देखिँदा पर्साका ३९ जना र बाराका १ जना रहेका छन्। यस्तै कपिलवस्तु र रुपन्देहीमा क्रमश ८ र ९ जनामा संक्रमण देखिएको छ । यो संगै देशभर कुल संक्रमितको संख्या १९१ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया