Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

काठमाडौं, २६ वैशाख २०७७ । प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपि शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । शुक्रबारदेखि सुरु भएको संसदको बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले ओलीलाई आफ्नो नैतिक कद जोगाउन राजीनामा दिन सुझाएका हुन् ।

उनले रोगले जीर्ण भएको शरिरलाई आराम दिनको लागि भएपनि पदबाट राजीनामा दिनुपर्ने बताए ।

‘तपाईं जुन उचाईमा पुग्नु भएको छ, त्यहिँ रहनुहोस्, तपाईं अनावश्यक ढंगले विवादित गतिविधिमा संलग्न हुँदा तपाईंमाथि नै अन्याय भएको छ, तपाईं रोगले जीर्ण भएको शरिरलाई आराम दिनुपर्छ’, बाबुरामले भने, ‘यो लोकतन्त्रलाई बचाएर र तपाईं आफ्नै छबिलाई बचाएर अगाडि बढ्नको निम्ति तपाईं राजीनामा दिनु नै उचित हुन्छ, त्यो नै एउटा उचित निकास हुन्छ, त्यसले नै समाज र देशलाई अगाडि बढाउन सक्छ र तपाईंको उचाई पनि कायम रहन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुरामले कुर्सीमा बस्नु मात्रै ठूलो कुरा नभएको भन्दै काम महत्वपूर्णं हुने बताए । उनले सत्तामा रहेका गौतम बुद्धका बाउलाई पनि सबैले नचिन्ने बताए ।

“प्रधानमन्त्रीसँग मेरो विनम्र आग्रह छ, हामीले सत्तामा कति समयसम्म बस्यौं भनेर मानिसले मुल्यांकन गर्दैन्,यो देशमा ३८ जना प्रधानमन्त्री भईसके, कसको सम्झना मान्छेले ? विपि कोइरालालगायत एकआध जनाको सम्झना गर्छ, अरुको त नाम पनि आउँदैन्’ बाबुरामले भने, ‘म पनि प्रधानमन्त्री भई टोपलेको मान्छे, मलाई थाहा छैन् मलाई कतिबेलासम्म मान्छेले सम्झछन्, त्यसैले कुर्सीमा बस्दैमा पद ठूलो होइन् ।’

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments