Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं, २२ वैशाख । सरकारले भारतीय सीमा क्षेत्रमा सशस्त्रका ३ सय ७८ बिओपी थप्ने तयारी गरेको छ ।
भारततर्फको सीमा क्षेत्रमा सुरक्षार्थ सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोष्ट (विओपी) ५ सय पुर्‍याउने गरी खाका पेश गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले सोमबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहितको टोलीलाई मन्त्रालयमै बोलाएर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी संख्या ५ सय पुर्‍याउने गरी बिस्तृत खाका पेश गर्न निर्देशन दिएका हुन् ।

स्थायी बिओपी संरचना विस्तार गर्न भन्सारको स्वामित्वमा भएका १ सय ११ स्थानको जग्गा सशस्त्रलाई उपलव्ध गराउने गृहमन्त्री थापाले बताएका छन् । सशस्त्रले प्रस्तावित बिओपीका लागि करिब ९ हजार जनशक्ति थप्नुपर्ने प्रस्ताव राखेको छ ।

१ हजार ८ सय ८० किमि लम्बाईको नेपाल भारत(सीमा क्षेत्रमा नेपालतर्फ सशस्त्र प्रहरीका स्थायी पोष्टको संख्या हाल १ सय २२ छ । लकडाउनपछि अस्थायी रुपमा १ हजार २ सय १३ चेकप्वाइन्टमार्फत् नाका सिल गरिएको छ । प्रहरीले पछिल्लोपटक ४ सय ७० चेकप्वाइन्ट मार्फत सीमा सुरक्षा गर्दै आएको छ ।

सोमबार गृहमन्त्री थापाले अब स्थायी किसिमका ५ सय बिओपी रहने गरी भौतिक र जनशक्तिको खाका पेश गर्न सशस्त्रलाई निर्देशन दिएका हुन् । भारतले नेपालतर्फ आफ्नो सीमा सुरक्षार्थ ५ सय ३० वटा पोष्टमा सीमा सुरक्षा बल (एसएसबी)को फौज खटाउँदै आएको छ । भारतले प्रत्येक २ देखि ३ किमि दुरीमा बिओपी युनिट तैनाथ गराउँदै आएकोमा लकडाउन अघिसम्म सशस्त्रले १२ देखि १५ किमिको दुरीमा सुरक्षा फौज खटाउने गरेको थियो ।कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments