Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

बुटवल, १८ वैशाख । २५६४ औं बुद्धजयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक कार्यक्रम स्थगित गरिएको छ ।

नेपाल सरकारबाट कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारी निर्देशन अनुसार २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका औपचारिक कार्यक्रम स्थगित गरिएको लुम्बिनी विकाष कोषले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कामु सदस्य सचिव ज्ञानिन राईले आज जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक दुरी कायम गर्दै बौद्ध भिक्षु तथा लामा गुहरूबाट विश्व शान्तिको कामना गर्दै प्रार्थना र पूजा भने गरिने उल्लेख छ ।

यस वर्ष २५ वैशाख (७ मे)का दिन वैशाख शुक्ल पूर्णिमा तथा बौद्ध जयन्ती मनाइँदैछ। लुम्बिनी विकास कोषले यस दिन पूर्वनिधारित सबै कार्यक्रम स्थगित गर्दै भगवान गौतम बुद्धको २५६४ औं जन्मजयन्तीका अवसरमा २५६४ वटा दीप प्रज्वलन गर्ने जनाएको छ ।

कोषले बौद्ध समुूायलाई नेपाल सरकारको निर्देशन पालना गर्दै सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्धजयन्ती मनाउन समेत आह्वान गरेको हो ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनलाई सफल बनाउने गरी तयारी थालेको थियो ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको अध्यक्षमा आयोजक समिति र सचिवालयसमेत स्थापना गरी काम थालिएको थियो ।

तपाईको प्रतिक्रिया