Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, ११ वैशाख । कोरोना भाइरसको थप एक जना संक्रमित थपिएका छन् । भोजपुरमा एक जना पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए ।

आजैमात्रै धनुषा र उदयपुरमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । यस्तै संक्रमितमध्ये १० जना भने निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया