Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, ११ वैशाख । बिहीबार फेरि कोरोनाभाइरसको थप दुई जना संक्रमित थपिए सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार बिहीबार २ जना कोरोना संक्रमित थपिएका छन् । जनकपुरका १४ वर्षीय किशोरमा र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ पाइएको हो ।

बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले निको हुनेको संख्या ९ पुगेको बताए। पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर घर फर्केको उनले जनाएका हुन्।

बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका छन्। गत २४ घण्टामा ३ हजार ३ सय ५ वटा नयाँ परीक्षण भएका छन् ।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८६ जना रहेका छन्। काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८२ जना रहेका छन्। क्वारेन्टाइनमा १० हजार ५ सय ७३ जना रहेका छन्। त्यसैगरि कुल २ सय ७८ जना व्यक्तिहरु रेड जोनमा परेका छन् । गत २४ घण्टामा ९ जना रेडजोन (सम्भावित संक्रमित)मा परेका छन् ।

 

तपाईको प्रतिक्रिया