Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

हेटौँडा, २ वैशाख। बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा धादिङ, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा गरी छ जनामा पोजेटिभ पाइएको हो ।
हालसम्म बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी आरडीटी परीक्षण ९०७ जना गरिएकोमा बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा. पुरुषोत्तमराज सेढाईले काठमाडौँमा तीन जना, काभ्रेमा दुई जना र धादिङका एक जना कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा पोजेटिभ पाइएको जानकारी दिएका छन्।

उनका अनुसार काठमाडौँका तीन जनामध्ये दुई जनाको स्वाब परीक्षण (पीसीआर टेष्ट) गर्दासमेत पोजेटिभ रिपोर्ट आएको छ ।
काठमाडौँका एकसहित काभ्रे र धादिङका गरी चार जनाको पीसीआर टेष्ट गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्तासमेत रहनु भएको सेढाईले बताए।
मङ्लबार र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकामा धादिङको ज्वालामुखी गाउँपालिकाका २७ वर्षीय पुरुष रहेको र उक्त पुरुष दक्षिण कोरियाबाट गत फागुन २० गते फर्किएको जनाइएको छ ।

यस्तै आरडीटी परीक्षण गर्दा काभ्रेपलान्चोक मण्डन देउपुर गाउँपालिकाका २३ वर्षीय पुरुष र अर्का बेथानचोक गाउँपालिका २८ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मण्डन देउपुर गाउँपालिकाका पोजेटिभ देखिएका दुबई र बेथानचोकका भारतबाट फर्किएका हुन्।

आरडीटी रिपोर्ट पोजेटिभ आएका काभ्रे र धादिङका तीनै जनालाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ । उनीहरुको पीसीआर परीक्षण गर्न बाँकी रहेको छ । यसैबीच मङ्गलबार पर्सा जिल्लाका ३८ र मकवानपुरको एक गरी ३९ जनाको स्वाब परीक्षणका लागि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा ल्याइएकोमा २१ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ प्राप्त भएको छ ।

बाँकी स्वाब परीक्षणको क्रममा रहेको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा हालसम्म १५४ जना कोरोना भाइरसका शङ्कास्पद विरामीको स्वाब परीक्षण गरिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासमेत परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ र बाँकीको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।गोरखापत्र

तपाईको प्रतिक्रिया