Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, २ वैशाख । सरकारले कोरोना परीक्षणको दायरा थप फराकिलो बनाएको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार अहिलेसम्म स्वाव नमुना परीक्षण (पिसिआर) विधिबाट ६ हजार २ सय ९९ जनाको परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा मात्र ५ सय ८४ वटा नमुना परीक्षण भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा मात्रै ४ हजार ८ सय १९ वटा जनाको परीक्षण भएको पछिल्लो २४ घण्टामा मा ३ सय ८७ जनाको नमुना परीक्षण गरिएको प्रवक्ता डा. देवकोटाले बताए । प्रयोगशाला बाहिर अहिलेसम्म १ हजार ४ सय ८० जनाको नमुना परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै मा १ सय ९७ वटा परीक्षण भएका छन् । ¥यापिड डाइग्नोष्टिक विधि (आरडिटी) बाट अहिलेसम्म ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै मा १३ सय १६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन् ।

उपत्यकामा १२ र उपत्यकाबाहिर ८७ गरी ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । र्यापिड किटलाई विदेशबाट आएका व्यक्तिहरुको परीक्षणलाई तिव्रता दिइएको छ । देशभरी नै किट वितरण गरिएपनि अझै २१ जिल्लामा परीक्षण हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या भने १६ पुगेको छ ।

तपाईको प्रतिक्रिया