Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, ३० चैत्र । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतबरदेखि हेल्पलाइन सेवा सुरु गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीले सामना गरेको समस्याको सुनुवाइ गर्ने उद्देश्यले हेल्पलाइन सञ्चालन सुरु गरिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

संघको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सो सञ्चालन हुने उनको भनाइ छ ।

कोरोना महामारीका कारणले अलपत्र परेका वैदेशिक रोजगार, विद्यार्थी वा अन्य समस्यामा परेका नेपालीले हेल्पलाइनमा फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन् ।

त्यसका लागि ‌बिहान ६ देखि दिउँसो २ बजेसम्म ९८४१२८०००५ नम्बर, दिउँसो २ बजेदेखि राति १० बजे सम्म ९८०८३१२५५५ नम्बर र राति १० बजेदेखि बिहान ६ बजेसम्म ९८२३४५८२०४ मा फोन गर्न सकिनेछन् । यस्तै एनआरएनएको फेसबुक पेज र इमलेमार्फत पनि समस्या राख्न सकिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया