Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024
झगेन्द्र खड्का

गौरादह,  २७ चैत्र । युरिया मल आउने थाहापाएपछि किसानहरु आधारात देखि सहकारी संस्था अगाडि लाइनमा बसेका छन।युरिया मल सहकारी संस्थामा आउने हल्ला सुनेपछि मल नपाउने आशंकामा किसानहरु बिहानका राति ३ बजे देखि लाइनमा बस्न बाध्य भएका हुन।

दक्षिणी क्षेत्रमा बसाेबास गर्ने अधिकांश किसानहरुले भदै धान लगाएका छन।आफ्नो जग्गा नहुनेहरुले पनि अरुकाे जग्गामा अधियामा पनि भदै धान लगाएका छन।फागुन महिनाकाे अन्तिम तिर किसानहरुले भदै धान राेपेपनि युरिया मल नपाउदा किसानहरु निराश भएका थिए।

युरिया मल नपाएपछि भदै धान लगाएका किसानहरु युरियाकाे खाेजिमा चारतिर भौतारिएका थिए। गौरादह, महारानी झाेडा,चप्रमारी, ग्वालडुब्बा र गौरीगंजका सहकारी तथा कृषि सहकारी संस्थाहरुले ५० बाेराका दरले युरिया मल ल्याएका थिए। गौरादह नगरपालिका वडा नं-७ काे ग्वालडुब्बामा रहेका जुराेपानी बहुउद्देश्यीय सहकारी संस्था र जुराेपानी कृषि सहकारी संस्थाले युरिया मल ल्याएका थिए।

सहकारी संस्थाहरुले कृषि सामग्री केन्द्र बिर्तामोडबाट २ वटा सहकारीले जम्मा १ सय बाेरा युरिया मल ल्याएकाे जुराेपानी बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य ब्यबस्थापक कुमार चापागाईंले बताए।किसानहरु ३ बजे देखि युरिया लिन ३ सय भन्दा बढी किसानहरु लाइनमा बसेपनि १ सय जना किसानलाई प्रति किसान २५ केजिका दरले युरिया बितरण गर्ने गरि कुपन उपलब्ध गराइएको जुराेपानी कृषि सहकारी संस्थाका अध्यक्ष नवराज लुइँटेलले जानकारी गराए।

कोरोना भाइरसको त्रास सगैे लगाएको बालि बिग्रिने डरले किसानहरु मलका लागि भिड लाग्न बाध्य भएका छन। ५० बोरा मल ल्याएकाे संस्थाले ५०० किसानको लाइनलाई बितरण गर्न समस्या भएकाे साना किसान कृषि सहकारी संस्था महारानी झाेडा अध्यक्ष मिना ढकाल ले बताइन्।हजारौं बिगा जग्गामा भदै धान लगाएका  किसानहरुका लागि सहकारी संस्थाले ल्याएकाे सय बाेरा युरिया हात्तीकाे मुखमा जिरा भएकाे छ।युरिया मल आवश्यकता पर्ने किसानहरुका लागि सहकारी संस्थाले बिहान ७ बजे आउन जानकारी गराएका थिए।सहकारी संस्थामा प्रयाप्त मल नआएकाे थाहा पाएपछि किसानहरु ३ बजे देखि लाइनमा बसेका हुन।उज्यालो भएपछि सहकारी संस्थाका कर्मचारी र संचालक समितिका पदाधिकारी संस्थामा आइपुग्दा किसानहरुकाे लाइन देख्दा छक्क परेका थिए।

किसानहरुकाे माग बमोजिम युरिया नभएका कारण संस्थाले प्रति किसान २५ केजिका दरले युरिया बितरण गर्न कुपन बितरण गरेकाे थियाे।बिहानका राति ३ बजे देखि लाइनमा बसेका किसानहरूले थाेरबहुत युरिया पाएपनि उज्यालो भएपछि बिहान ५ बजे लाइन बस्न पुगेका किसानले कुपन नपाएको गौरादह -७ पुरानाे ग्वल्डुब्बाका किसान चुर्ण माक्राले बताए।युरिया नपाएर आकुल बनेका किसानहरुलाई लकडाउनकाे कुनै प्रभाव परेन। काेराेना भाइरसकाे संक्रमण राेक्न नेपाल सरकारले भिडभाडमा नजान र घरैमा बसेर सुरक्षीत हुन सुचना प्रवाह गरेपनि दुख र लगानी गरेर लगाएकाे भदै धान बिग्रिने अवस्थामा पुगेपछि किसानहरुले लकडाउनकाे घेरा ताेड्न बाध्य भएका हुन।

मुलुक भित्र बसाेबास गर्ने अधिकांश नागरिक कृषि पेशामा निर्भर रहेपनि उनीहरुले राहात पाउन नसकेकाे गुनासाे गरेका छन।खेति गर्ने किसानहरुले बालिमा लगाउने रासायनिक मल समेत समयमा नपाएको र किसानलाई चाहिने भन्दा कम मल पठाएर दुख दिएकाे गौरादह नगरपालिका वडा नं -७ का किसान नारायण सिवाकोटीले बताए।

तपाईको प्रतिक्रिया