Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

काठ्माडौं, १७ चैत्र । युएईमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । सोमबार २ जनाको मृत्यु भएको हो । युनाइटेड अरब इमिरेट्स (युएई)मा सोमबार ४१ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । यो सँगै युएईमा संक्रमितको संख्या ६ सय ११ पुगेको छ । योसँगै मृतकको सँख्या ५ पुगेको छ ।

युएई सरकारले कोरोना भाइरसको कारण व्यवसायमा क्षति पुगेको भए कामदारलाई बेतलबी र कटौती गर्न सक्ने नयाँ नियम ल्याएको छ।

कोरोना भाइरस संक्रमणलाई रोक्न चालिएको कदमबाट निजी क्षेत्रमा ठूलो असर परेको भन्दै यूएईको मानव संशाधनमन्त्रालयले रोजगारदाताहरुलाई यस्तो अधिकार प्रदान गरेको हो ।

कोरोना भाइरसका कारण समस्या परेका व्यवसायीले आफ्ना श्रमिकलाई वेतलवी विदा अल्पकालिन वा पूर्ण रुपमा उनीहरुको तलवकटौती गर्न, बेतलवी रुपमा राख्न समेत पाउने गरी मन्त्रालयले निर्णय गरेको हो।

अब रोजगारदाताले कामदारलाई तलबी र बेतलबी बिदा, अस्थायी र स्थायी रुपमा तलब कटौती गर्न पाइने भएको छ। तर यस्तो निर्णय युएईका नागरिकलाई भने लागू हुने छैन। यो निर्णयलाई मार्च २६ देखि नै रोजगारदाताले लागू गर्न पाइनेछ ।

नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य स्थानको रुपमा रहेको युएईमा यो निर्णयलेगर्दा धेरैले रोजिरोटी गुमाउन सक्ने स्थिति आउनेछ।रातोपाटी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments