Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं, ११ चैत्र । कोरोनाको संक्रमणको आशंकामा तीन बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।

उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी तीनजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले कोरोनाको आशंकामा आइतबार भर्ना भएका १४ वर्षीय बालक र सोमबार भर्ना भएका बालकहरु क्रमशः साढे चार र चार वर्षका छन् ।

तीनै जनाको आइसोलेसनमा राखेर उपचार भइरेको छ । ती बालकका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको हो ।

आइतबार आइसोलेसनमा भर्ना भएका बालकका बाबु दुबइबाट फर्किएका र सोमबार भर्ना भएका एक बालकका काका चीनबाट र एक बालकका बाबु कतारबाट फर्किएको बताइएको छ ।

त्यसपछि उनीहरुमा कोरोनाका लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएको रहेछ अस्पतालका निर्देशक डा पौडेलले जानकारी दिए ।इमेजखबर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments