Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

एजेन्सी, २१ फागुन । कोरोना भाइरसको प्रभाव विस्तारै संसारभर देखिन थालेको छ । भारतले पारासिटामोलसहित २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक नै लगाएको छ ।

कोरोना भाइरस संक्रमणले मुलुक संकटमा फस्न सक्ने भन्दै भारतले अत्यावश्यकीय औषधि निर्यातमा रोक लगाएको हो । कोरोनाको प्रभाव बढ्दा संकट नहोस् भनेर सरकारले यस्तो निर्णय लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयका विदेश व्यापार महानिर्देशालयलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमहरुले सरकारले तोकेको २६ प्रकारका औषधि निर्यात गर्नुपूर्व अनुमति लिनु पर्ने जनाएका छन् ।

आन्तरिक मागको अवस्था हेरेर मात्र निर्यातबारे सरकारले निर्णय लिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments