Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

झगेन्द्र खड्का
गौरादह, १८ फागुन । गौरादह नगरपालिका वार्ड नं.८ को बैराति बजारको घर टहरा निर्माण पछि रकम फरफारकको विषयमा धनविर राजवंशीको निधन हुनुमा नगर कार्यपालिका चुकेको छानविन समितिले ठहर गरेको छ । गौरादह नगर कार्यपालिकाले धनवीर राजवंशीको निधन पछि नगरपालिकाको भवन तोडफोड विषयमा गठित छानविन समितिले आइतवार(आज) पत्रकार सम्मेलन गरी प्रतिवेदन बुझाएको थियो ।

नगर कार्यपालिकाको बैठकबाट कार्यपालिका सदस्य सिताराम भट्टराईको संयोजकत्वमा नागरिक समाजका तर्फबाट ४ जना सदस्य रहने गरि पौष २३ गते छानविन समिति गठन गरिएको थियो ।

गौरादह नगरपालिका वडा नं. ८ को बैराति बजारका घर टहराहरु निर्माण गर्न स्थानिय धनवीर राजवंशीको अध्यक्षतामा बनेको समितिले असार मसान्त अगावै निर्माण सम्पन्न गरि वार्ड कार्यालयमा फायल बुझाएपनि नगरपालिका स्तरिय अनुगमन समितिले भने निर्माण कार्य सम्पन्न नभएको प्रतिवेदन बुझाएको थियो । नगरपालिकाले सेवाग्राहीलाई दिने सेवा चुस्तदुरुस्त नभएको, जनप्रतिनिधि र कर्मचारी प्रशासन बिच सामाञ्जस्यताको अभाव प्राविधिक फाटको कार्य शैलीप्रतिको रवैयामा सुधार नआएको समितिले ठहर गरेको छ ।

निर्माण कार्य सम्पन्न पछि सम्पुर्ण कागजातहरु नगरपालिकामा बुझाए पनि योजना फछर्यौटमा कर्मचारीले आलटाल गरि उपभोक्ता समितिलाई दुःख दिने प्रवृतिमा नगरपालिका सुधार नभएको, धनविर राजवंशीको लास नगरपालिकामा राखेर विरोध प्रदर्शन गरिनु नगरपालिकाले समयमै घटनालाई संबोधन गर्न नसक्नु, तत्कालिन प्रशाशकिय अधिकृत सागर मिश्र नियमित कार्यालयमा उपस्थित नआउनु र जनताको काममा ढिलाई हुनु नगरपालिकाको कमजोरी भएको छानविन समितिले निष्कर्ष निकालेको छ ।

असोज १४ गते नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, सुरक्षाक्रमी, बहुमत कार्यपालिका सदस्य तथा पिडित पक्ष समेतको सर्वपक्षिय बैठक बसी निर्णय गरिसकेको भनिए तापनि कार्यालयबाट प्रमाणित प्रतिलिपि उपलब्ध नभएकाले पिडित परिवारलाई यथोचित समोधन गरि यथाशिघ्र राहत उपलब्ध गराउन र तोडफोड र क्षतिको पुर्ण निर्माण नगरपालिकाले नै गर्नुपर्ने समितिले औल्याएको छ । छानविन समितिले पिडितको घर आगन सम्म स्थलगत अध्ययन, पिडित र स्थानियबासी सँग छलफल, जनप्रतिनितिको धारणा, घटना भएको समयमा सामाजिक सञ्जालमा प्रसारित सामाग्री र अन्य कागजातहरुको आधारमा प्रतिवेदन तयार पारेको समितिका सदस्य डण्डीराज घिमिरेले जानकारी गराए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

छानविन समितिले तोकिएको समय अवधिमा प्रतिवेदन तयार गरी नगरपालिकाका प्रवक्त्ता नगेन्द्र भण्डारीलाई बुझाएको छ । समितिका संयोजक सिताराम भट्टराईले नगर प्रवक्ता नगेन्द्र भण्डारीलाई प्रतिवेदन हस्तान्तरण गरेका छन् । प्रतिवेदन बुझ्दै प्रवक्ता भण्डारीले प्रतिवेदनलाई नगर कार्यपालिकाको बैठकमा पेस गरि छलफल गरिने र त्यसको आधारमा क्षतिपूर्ति दिने जानकारी गराए ।

तपाईको प्रतिक्रिया