Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

झगेन्द्र खड्का
गौरीगंज, ११ फागुन । गौरीगंज गाउँपालिकाको ५ औं गाउँसभा सञ्चालन भएको छ।गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले विधिवत रुपमा गाउँसभाकोउद्घाटन गरेका छन् । गाउँपालिकाको सभाहलमा सञ्चालन भएको पाँचौ गाउँसभाले अधुरा तथा अपुरा योजनाहरुलाई अल्या रकमबाट वजेट विनियोजन गरी कार्य सम्पन्न गर्ने लक्ष्य रहेको निर्णय हुने जनाइएको छ ।

गाउँसभाले अल्या रकम ४ करोड २७ लाख रुपैयाँ मध्ये गाउँपालिका भित्रको अघिल्ला २२ वटा योजनामा १ करोड ५६ लाख ४१ ह्जार वजेट थप गरीयोजना सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहालले जानकारी गराए।

पाँचौ गाउँसभाबाट पूँजीगत खर्चतर्फ २७ लाख १२ हजार २ सय ४१ रुपैयाँ नयाँ योजनासहित रकम थप गर्ने र चालुतर्फ ३९ लाख ७० हजार रुपैयाँ थप गरिने जनाइएको छ । त्यसैगरी गाउँपालिकाको ६ वटै वडा भित्र ३६ वटा नयाँ योजनाहरु थप गरिएको छ । योजना सम्पन्न गर्न सडक, मठमन्दिर, तटबन्धन,
कल्भर्ट, नागरिक आवास, कार्यालय घेराबेरा, कालोपत्रे निर्माण, खानेपानी,विजुली, युवा लक्षित कार्यक्रम, विमा तथा नविकरण लगायतका योजनाहरुमा २ करोड ७५लाख ६० हजार रुपैयाँ रकम थप गरिएको जनाइएको छ ।गाउँसभाको वन्दसत्रमा चालु आर्थिक वर्षको समय अवधि ४ महिना मात्र बाँकी रहदा ५ औं गाउँसभा सञ्चालन भएको छ । गाउँसभामा विशेष समय लिएर वडा नं. ६का वडा सदस्य उदिम कुमार राईले ठेक्का टेण्डर लागेका सडकहरु अधुरो अवस्थामा रहेकाले गाउँपालिकाको अनुगमन समितिले निगरानी नगरेको आरोप लगाए। गाउँपालिकाको योजनाहरुमा वडा सदस्यहरुलाई कुनै प्रकारको भुमिका नदिएको गुनासो व्यक्त गरे ।

वडा नं.२ का वडा अध्यक्ष अग्नुप्रसाद राजवंशीले भौतिक संरचना निर्माणमा इन्जिनियरलाई बोलाउँदा समयमा उपस्थित नहुनुका साथै गाउँपालिकाले आय स्रोत अनुमान स्पष्ट नपारेको धारणा राखे । गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले ठेकेदारले तोकिएको रकम भन्दा कम मुल्यमा ठेक्का लिएर गुणस्तरिय काम नगरी झारो टार्ने काम गर्दा वडा नं। १ को ३५ लाख रुपैयाँमा निर्माण भएको कालोपत्रे सडक ४ महिना मै फुटेको गुनासो गर्दै जनप्रतिनिधिहरुलाई हली गोठालोको थान्कोमा पुर्याएको गुनासो गरे । वडा नं।१ र २ लाई अलग अलग छुट्टाएको वजेटलाई गाउँपालिकाको इन्जिनियरले एउटै इस्टिमेट बनाएर जम्मा १६ लाखमा बनाएको कल्भर्ट भत्किएको अध्यक्ष राजवंशी बताए ।
वडा नं. ५ का वडा सदस्य राजेन्द्र ताजपुरियाले गाउँपालिका भित्र वितरण गरिएका मोटर र सोलर सबै विग्रिएर काम नलाग्ने हुदा समेत अनुगमन समिति मुकदर्शक बनेको धारणा राखे ।वडा नं। २ का वडा सदस्य अरुण राजवंशीले गाउँपालिकाका इन्जिनियर सविन क्षेत्रीको कार्यप्रति असन्तुष्टि आइरहेकाले प्रक्रिया पुर्याई वर्खास्त गर्नु पर्ने माग राखे ।
वडा न.  १ कि वडा सदस्य जानुका गौतमले जनता आवास कार्यक्रम अन्तर्गत वडाबाट ६० विपन्न घर परिवारको लगत संकलन गरी वडाबाट सिफारिस भएकोमा
गाउँपालिकाबाट आधा कटौती गरिएकोमा सबैले पाउनु पर्ने अडान राख्दै नाम कटौती गरिएकामा आपत्ति व्यक्त गरिन ।

तपाईको प्रतिक्रिया