Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

गौरीगंज, २१ माघ । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके साउतले मधेसी समुदायहरूले मधेसको भुमी संरक्षण गरेता पनि मधेसीहरू नै विस्थापित हुने अवस्थामा पुगेको बताएका छन् ।

पार्टीको जिल्ला कार्य समितिले गौरीगंजमा आयोजना गरेको विसाल आमसभालाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष राउतले ठुला पार्टीहरूले मधेसीजनताहरूलाई प्रलोभनमा पारेर झुक्काएको आरोप लगाएका छन् । मधेसको भुमिपुत्र भनेर चिनिएका मधेसी समुदायहरूलाई कुनै अधिकार नदिई हिमाल, पहाड र तराई प्रदेशमा विभाजन गरि मधेसीहरूलाई पाखा लगाएको धारणा राखे। मदेशी समुदायहरुले परम्परा कालदेखि संरक्षण गर्दै आएको भुमिलाई बिर्सन नहुने बताएका छन।

मधेस केन्द्रीत दलहरूले पनि मधेसी जनताको हक हितको कुरा उठाउदै ठुला दलहरूसंग मिलेर मधेसी समुदायको हक अधिकार खोसेको आरोप लगाए ।
डा.राउतले आमसभालाई सम्बोधन गर्ने क्रममा कांग्रेस, नेकपा र मधेस केन्द्रीत दलहरूलाई आक्रोस व्यक्त गर्दै अधिकांश समय खर्चेका थिए ।
चुनावमा मत लिनका लागि कांग्रेस, नेकपा र मधेस केन्द्रीत दलहरूले मधेस जनताको भावनाको कदर गर्दै ठुलो स्वरमा भाषण गरेर तुरुन्तै मधेसी जनताको समस्या समाधान हुने विश्वास दिलाएर भोट लिए पनि विजय भए पछि मधेसी जनताको समस्यामा उत्तरदायी नभएको आरोप लगाए ।

मधेसी जनताको भावना अनुसार काम गर्नको लागि आफ्नो पार्टी तयार रहेकाले अन्य पार्टी परित्याग गरि जनमत पार्टीमा आउन अनुरोध गरेका छन्।जनमत पार्टी मधेसी जनताको हितमा काम गर्ने र अन्य कुनै दल संग सम्झौता नगर्ने भएकाले आजैबाट पार्टी संगठन बिस्तार गर्न आग्रह गरेका छन।

पार्टीका केन्द्रीय सदस्य मो.अब्दुल खानले नेपाली कांग्रेस पार्टी , नेकपा र मधेश केन्द्रित नेताहरूले आदिवासी मधेसीहरूलाई आफ्नै जग्गामा सुकुम्बासी बनाई विस्थापित हुने अवस्थामा पुराएको धारणाा राखे ।
पार्टीका जिल्ला संयोजक बलबहादुर राजवंशीको सभापतित्वमा सञ्चालन भएको आमसभामा केन्द्रीय सदस्य कोशिल्या देवी महतो, केन्द्रीय सदस्य बबिता ईसर्जी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया