Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले विवादास्पद निर्वाचन क्षेत्र विकास सँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिन आफू बाध्य भएको बताएका छन् ।

’नखाउँ भने केको सिकार, खाउँ भने केको अनुहारजस्तै भयो’, बजेटबारे बुधबार उनले भने ।

संसद बाहिरको जनमत विरोधमा भए पनि संसदभित्र राजनीतिक सहमति भएकाले बाध्यतामा परेको उनको भनाइ छ ।

’संसदबाहिर यो दिनै हुँदैन भन्ने थियो, तर संसदभित्र राजनीतिक सहमतिमा नभई हुँदैन भन्ने थियो’, उनले भने, ’म हालको अवस्थामा दुवैको प्रतिनिधित्व गर्ने भएँ, बीचको बाटो रोजेँ ।’

अर्थमन्त्री खतिवडाले त्यही कारणले आफू ट्रयापमा परेको बताए । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments