Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

विराटनगर, २३ पुस । कृषि उत्पादनमा आत्मनिर्भर र कृषकको जीवनस्तर वृद्धिमा कृषि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने सरोकारवाले बताएका छन्। केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय मोरङद्वारा मङ्गलबार यहाँ आयोजित आगामी राष्ट्रिय कृषि गणना–२०७८ का विषयवस्तुमा सरोकारवालासँग छलफलका सहभागीले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन जोड दिए ।

उनीहरुले विगतमा कृषि गणनामा सोधिएका विषयवस्तुुमा संशोधन तथा थप गर्नुुपर्ने सुुझाव दिएका थिए । यसपटकको गणनामा २५ लाख घरपरिवारमा प्रत्यक्ष सम्पर्क गरी दुई लाख ५० हजार तथ्याङ्क सङ्कलन गरिने लक्ष्य रहेको छ । हिमाल तथा पहाडमा चारआना तथा तराईमा आठ धुर जग्गा हुनेसम्मको तथ्याङ्क सङ्कलन गरिने कार्यक्रममा जानकारी दिइयो ।

एक गाईभैँसी, पाँच भेडाबाख्रा र २० कुखरापालनलाई समेत गणनामा समावेश गरिने भएको छ । प्रदेश नं १ का प्रदेश योजना आयोग उपाध्यक्ष सुुवोधराज प्याकुुरेलले राज्यको साधनको उचित प्रयोग र बजेट विनियोजनमा कृषि गणना फलदायी हुुने बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सन्दीपकुुमार राई तथा पशुुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक लेखराज दाहालले गणनालाई विश्वसनीय बनाउन प्राप्त सुझाव समेट्नुपर्नेमा जोड दिए। विगतमा जिल्लामा तल कृषि तथ्याङ्क नभएको अवस्था आगामी कृषि गणनामा ७५३ स्थानीय तहको उपयोगी कृषक र कृषिको अवस्थाबारे सही तथ्याङ्क लिने विभागका निर्देशक बद्री कार्कीले बताए ।

विभागका अर्का निर्देशक डा महेश सुवेदीले महिलाको नामकोे जग्गा, कृषि बीमा तथा अनुुदान, कृषिमा जलवायुु परिवर्तनको असर, बालीमा विषादीको प्रयोग, सरकारी सेवा–सुुविधामा कृषकको पहुँच आदि विषय गणनामा समेटिने  बताए।

राष्ट्रिय जनगणना विं.स. २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुँदैछ । यसको छ महिनापछि राष्ट्रिय कृषि गणना हुुने कार्यक्रममा जानकारी गराइएको छ । नेपालमा पहिलो कृषि गणना विसं २०१८ मा भएको थियो ।

तपाईको प्रतिक्रिया