Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

काठमाडौं, २६ मंसिर । लोकसेवा आयोगका कर्मचारी सरुवा गर्दा सरकारले आयोगको स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा लोकसेवा आयोग विधेयक, २०७५ माथिको दफावार छलफलका क्रममा लोकसेवा आयोगका कर्मचारी सरुवा गर्दा आयोगको स्वीकृति लिन नपर्ने प्रस्तावित विधेयकको व्यवस्थालाई नै कायम राख्ने सहमति भएको हो ।

यसअघि, लोकसेवा आयोगका कर्मचारी सरुवा गर्दा सरकारले लोकसेवा आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था थियो ।

तपाईको प्रतिक्रिया