Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

गौरादह, २१ मंसिर । द भ्वाइस अफ नेपाल सिजन २ मा कोच प्रमोदबाट झापाका राम लिम्बु विजयी भएका छन् । काठ्माडौंको हयात ग्राउण्डमा शनिबार(आज) भएको ग्राण्ड फिनालेमा राम लिम्बु दर्शकको भोटका आधारमा विजयी भएका हुन् ।

साउन ३१ देखि शुरु भएको यो रियालिटी शो ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए । ग्राण्ड फिनालेबाट ४ प्रतियोगी छनोट भएका थिए ।

कोच दिपबाट विकास लिम्बु, कोच राजु बाट शनिस श्रेष्ठ, कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनल मा छनोट भएका थिए ।

तपाईको प्रतिक्रिया