Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

काठमाण्डौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आगामी आर्थिक वर्षभित्र प्रशासनिक अन्तरिम अवस्थाको अन्त्य गर्ने घोषणा गरेका छन् ।

उनले त्यसपछि कर्मचारी संयन्त्रको स्थायी व्यवस्थापनको काममा लाग्ने पनि स्पष्ट पारे। कर्मचारी व्यवस्थापनको काममा अझै केही समय लाग्ने समेत बताएका छन् ।

आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी, जनमुखी, पारदर्र्शी, सहज र सरल ढंगले व्यवस्थापन हुनेगरी कर्मचारी व्यवस्थापनको काममा आफू केन्द्रीत भएको बताए।
मन्त्री पण्डितले कर्मचारीको व्यवस्थापनलाई सहज बनाउन आवश्यक हुनेगरी सरकारको नीति तथा कार्यक्रम र बजेट आउने पनि उल्लेख गरे। उनले संवैधानिक व्यवस्था अनुसार तीन वटै तहमा कर्मचारीलाई आवश्यक जिम्मेवारी दिने काम भइरहेको पनि बताए ।

मन्त्री पण्डितले मन्त्री पण्डितले कर्मचारीहरूलाई निराश नहुन पनि आग्रह गरे।
मन्त्री पण्डितले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटेको उल्लेख गर्दै तीन वटै तहसँग आवश्यक समन्वय हुने गरी बजेट आउने पनि बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments