Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं, १० मंसिर। वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ। कात्तिक १९ गते निमोनियाका कारण ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजुको मंगलबार दिउँसो निधन भएको हो।

‘अस्पतालले दिउँसो ३ बजे उहाँ हामीबीच नरहेको जानकारी गराएको उनको पारिवारिक सदस्य ओमिका प्रधानले जानकारी दिएकी छिन् ।नेपाली पत्रकारिता, अनुसन्धान र भाषा साहित्यमा विशिष्ट योगदान पुर्याएका कसजुको सुरुमा आईसीयूमा राखेर उपचार भएको थियो। नेपाली भाषा साहित्यका क्षेत्रमा समर्पित कसजूका ५० बढी बाल साहित्यका कृति छन्।

कसजू सूचना आयोगका संस्थापक प्रमुख आयुक्त हुन्। सूचना हक तथा सूचना आयोगको स्थापनाका लागि कसजूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पत्रकारिता र साहित्य दुवै विधामा परिचित कसजू व्यङ्ग्यकार र जनमूखी सञ्चार माध्यमका पक्षपाती हुन्। उनले साहित्यतिर छोटा कथा र बाल रचनामा विशेष रुपमा कलम चलाएका छन्।

उनको जन्म पश्चिम नेपालको पाल्पाको तानसेनमा सन् १९४७ जुलाई १८ का दिन भएको थियो।तर उनको वाल्यकाल गुल्मीको रिडीमा बितेको थियो। ग्रामिण पत्रकारिताको विकासमा उनको विशेष योगदान छ। उनले गाउँले जनजीवनलाई उपयोगी हुने गरी देउराली गाउँले भित्ते पत्रिकाको सुरुवात गरेका थिए।

उनले सन् १९९६ देखी १९९९ नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा काम गरेका थिए। राष्ट्रिय समाचार समितिको बोर्डको सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा पनि काम गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments