गौरादह, ४ मंसिर । गौरादह नगरपालिका-३ धोबिनियामा अवस्थित फेवा ल्युब आयल प्रा.लि ले विद्यार्थिहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ । सोही वडामा रहेको श्री सुर्योदय आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
विद्यालयको प्राङगणमा आज एक कार्यक्रमको आयोजना गरि विपन्न परिवारका १ सय ८६ जना विद्यार्थीहरुलाई जाडोका लागि ट्रयाक सुट वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दिपक कार्की, गौरादह नगरपालिका की उपमेयर गिता भेट्वाल, वडा नं.१, २ र ३ का वडाध्यक्ष सहित सोही विद्यालयका प्रधानाध्यापक लिलानाथ गौतम मार्फत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।
बढ्दो चिसो सँगै विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय आउन कठिन नहोस भन्ने महसुस गरि १ लाख ८० हजार बराबरको न्यानो कपडा वितरण गरिएको फेवा ल्युब प्रा.लि.का प्रबन्ध निर्देशक भरत फुयालले बताए ।






