गौरादह, २ कार्तिक । झापाको कमल गाउँपालीकाको केर्खा ,क्याम्पा बजार हुँदै बैगुन्धुरा सम्म जोड्ने सडक निर्माणका लागी ठेक्का पाएको निर्माण कम्पनिले गरेको ढिलासुस्तीका कारण पहिलो ठेक्काको रकम फ्रिज भएको छ ।
सडक निर्माणका लागी ३ वर्ष अघि ठेक्का पाएको रोशन– शाहा ईन्जिनियरिङ्ग जे भीले पहिलो पटक काम नगरीे ६ करोड ३३ लाख रकम फ्रिज बनाएको थियो । पुनः सोहि निर्माण कम्पनिलाई रकम थप गरि दोश्रो पटकका लागी सडक निर्माणको ठेक्का दिइएता पनि दोश्रो पटक ठेक्का लागेको धेरै समय वितिसक्दा पनि सडक निर्माणको कुनै काम नगरेका कारण आक्रोसित बनेका स्थानिय वासिले आईतवार कमल गाउँपालिकाको कार्यालय घेराउ गरेको केर्खा क्याम्पा सरङपाडा बैगुन्धुरा सडक सरोकार अवधारणा समिति का संयोजक डिल्ली न्यौपानेले जानकारी दिए ।
पहिलो पटक ठेक्का लिएर रकम फ्रिज बनाएको निर्माण कम्पनिलाई पुन दोश्रो पटक ठेक्का दिनु र यतिका समय सम्म सडक निर्माणको कामसुरु नगर्नाले पुन दोश्रो पटक सोही निर्माण कम्पनीलाई कामको जिम्मेवारी दिनु सम्बन्धित निकायको कमजोरी रहेको स्थानीयबासीको बुझाइ छ ।
सर्वपक्षिय भेला बाट ठेकदारका तर्फबाट आजबाट निर्माणको काम सुरुगर्ने र धुलो नियन्त्रण गर्न सडकमा नियमित पानि हाल्ने प्रतिबद्धता जनाइएको छ । यस्तैगरि तोकिएको समय, लागत, गुणस्तर र परिमाणमा चालु आर्थिक वर्ष ०७६/०७७ को अन्त्य सम्ममा सडक निर्माण कार्य सम्पन्न नगरेमा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार कार्यवाही गर्ने निर्णय भएको जनाइएको छ ।






