Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

रौतहट , २९ कात्तिक । जिउँदा मान्छेहरुलाई इटा भट्टामा हालेर हत्या गरेको आरोप लागेका निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस आज सकिएको छ । थुनछेक बहसपछिको आदेश आजै आउने सम्भावना छ ।

जिल्ला अदालत रौतहटमा वादी र प्रतिवादीका तर्फबाट बहस सकिएपछि आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने अथवा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनेछ । हिजो अधिवक्ता हरिशंकर साह, अन्नत अधिकारी, रामविनोद गिरी, नन्दकिशोर साहसहित ६ जनाले बहस गरेका थिए ।

आदेश आउने भए पछि रौतहट क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । १२ वर्ष अघि चुनाव प्रभावित पार्ने उदेश्यले बम बनाउने क्रममा विष्फोट भएका घाइतेलाई प्रमाण मेटाउन इट्टाभट्टामा पोलेर मारेको आरोप आलमलाई छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments