Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

शान्ति सुब्बा
गौरादह, २२ कार्तिक । मानव बेचबिखन सम्बन्धि सचेतना जगाउने उद्देश्यले मानव बेचबिखन ओसार पसार तथा आधुनिक दासत्व विरुद्धको न्यायीक प्रकृयामा व्यापक छलफल कार्यक्रम आज सम्पन्न भएको छ । गौरादह-२ स्थित सामुदायिक पुस्तकालय भवनमा कार्यक्रम सम्पन्न भएको थियो ।

विगत ८ महिना देखि संचालन भइरहेको कार्यक्रम आगामी पुस १५ सम्म मा सम्पन्न गरिने जनाइएको छ । आजको छलफल बाट यस कार्यक्रमलाई वृहत रुपमा लैजाने र प्रभावित ठाउँमा पुगेर यस सम्बन्धि अझ जनचेतना जगाउने निष्कर्ष निकालिएको सामुदायिक पुस्तकालयका सचिव यस कार्यक्रमका संयोजक चिन्तामणी काफ्लेले जानकारी दिएका छन् । कार्यक्रम सञ्चालन गर्नुअघि पहिलो चरणमा सरोकारवालाहरु सँग छलफल गरि प्रभावित ठाउँ छनौट गरिएको जनाइएको छ ।
रिड नेपाल र फ्रि द स्लेभस् को सहयोगमा गौरादह सामुदायिक पुस्तकालयद्वारा आयोजना गरिएको कार्यक्रममा हाल सम्म नमुना मावि, प्रगति मावि, कञ्चनजंघा मावि, र गौरादह-२ को अमर मावि मा अध्यनरत विद्यार्थी तथा गौरादह-४ को मिया टोल, गौरादह-२ को सुकुम्बासी टोल समुदायका व्यक्ति लगायत पिछडिएका जनसमुदायलाई चेलिबेटी बेचविखन ओसार पसार तथा आधुनिक दासत्व विरुद्धको बारेमा सचेतना दिने कार्य गरि सकिएको कार्यक्रमका संयोजक चिन्तामणी काफ्ले ले जानकारी दिए ।

गौरादह सामुदायिक पुस्तकालय सल्लाहकार समिति संयोजक शुरेस बहादुर पौडेल, गौरादह सामुदायिक पुस्तकालय सचिव चिन्तामणि काफ्ले लगायतले मानव बेचबिखन के हो र कसरी जोगीने ?, कस्ता कामका लागि बेचबिखन हुने गरेका छन् ? दलालले कसरी प्रलोभनमा पार्न सक्छन् ? सो विषयमा जनचेतना जगाउने कार्य गरिरहेको बताएका छन्।
यस्तैगरि भोली(शनिबार) गौरादह-१ को सुकुम्बासी टोल टिकघारी का समुदायलाई सो सम्बन्धि जनचेतना जगाउने कार्य गरिने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments