Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

रौतहट, १९ कार्तिक । कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमसित जिल्ला अदालतले बयान लिन सुरु गरेको छ ।
झण्डै ८ सय पृष्ठ लामो अनुसन्धानको मिसिल फोटोकपी गर्न समय लागेकाले आलमको बयानमा ढिलाइ भएको थियो। मिसिलको फोटोकपी अधुरो भएको भन्दै बयान केही समयका लागि रोकिएको थियो। अहिले फेरी सुरु भएको छ।

आलममाथि ३ वटा अभियोग लगाएर जन्म कैदको सजायसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोग पत्र दर्ता गराएपछि मंगलबार उनीसँग बयान लिन लागेको हो।

जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले आलमसित बयान लिन सुरु गरेका हुन्। यसअघि उनले अनुसन्धानको क्रममा प्रहरी र सरकारी वकिलको कार्यालयमा आलमले घट्ना नै नभएको बयान दिएका छन्। आलमले आफ्नो गिरफतारी असान्दर्भिक भएको भनेका छन्।

जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कट्वालले ८ सय पृष्ठ लामो मिसिलको फोटो कपी गर्न समय लागेकोले बयान केही समयका लागि रोकिएको बताए। ‘अब बयान सुरु भएको छ,’आलम सित न्यायाधीशढकालले बयान लिने क्रम जारी छ।’

जिल्ला न्यायधिवक्ता कट्वालका अनुसार आज आलमको बयान सकिएपछि थुनछेकको बहस सम्भवतः हुँदैन होला। सदरमुकाम गौरमा ठूलो संख्यमा आलमका कार्यकर्ता जम्मा भएका छन्। कुनै अप्रिय घट्ना हुन नदिन अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ। कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments