काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक पछाडि सारेर नेकपाको सचिवालय बैठक बोलाएका छन् । यसअघि ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएकोमा त्यसलाई सारेर साढे ६ बजे पुर्याइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमै सचिवालय बैठक केही बेरअघि सुरु भएको छ । बैठकले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यसअघि शनिबार बसेको बैठकमा सिफारिस भएका उम्मेदवारहरुको विषयमा छलफल भएपनि निर्णय हुन सकेको थिएन ।कान्तिपुर






