इटहरी, १४ कार्तिक । मादक पदार्थ सेवन गरेर सामाजिक वितण्डा मच्चाएको भन्दै इटहरी-१९ का वडा सचिव सुरेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साझ मादक पदार्थले लठ्ठ भएका कार्कीले साझमा होहल्ला गरेको भन्दै प्रहरीले पक्राउ गरी एक रात हिरासतमा राखेर विहिबार बिहान थुनामुक्त गरेको हो ।
केहि समय अगाडी इटहरीका मेयर द्धारिकलाल चौधरीको विरुद्ध सडकमै आएर नाराबाजी समेत गरेका थिए ।
कार्की लगायतका कर्मचारीले केहि दिन अगाडी मात्र इटहरी उपमहानगरपालिका भित्रै मादक पदार्थ खाएर होहल्ला गरेका थिए । आफैले फेसबुकमा उपमहानगर परिसर भित्रै नाचगान गरेको भन्दै तिब्र आलोचना भएको थियो । कार्कीलाई विहिबार विहान आगामी दिनमा यस्तो हर्कत नगर्ने सर्तमा नेकपाको स्थानीय नेताहरुको रोहवरमा छोडिएको छ ।पूर्वेली न्यूज






