Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

शान्ति सुब्बा
गौरादह, १४ कार्तिक । नेपालीहरुको महान चाड दशैं र तिहार सकिए सँगै सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि तराईका विभिन्न जिल्लाहरुमा विधिवत शुरु भएको छ ।

कार्तिक शुक्ल चतुर्र्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा ब्रतालुले आज नुवाई धुवाई गरी चोखो खाएर बस्ने गर्दछन् । आजबाट सुरु भएको छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । छठ अन्तर्गत आज पहिलो दिन ‘नहाय खाय’ विधि गरिन्छ । जसलाई ‘अरबा अरबाइन’ पनि भनिन्छ ।

हामिले हेर्दा सूर्यको पूजाझैँ देखिए पनि पुराण अनुसार यो मूल प्रकृतिको छैटौं अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा हो । यो पर्व मनाउनका लागि पोखरी, नदी, तलाउहरुलाई सरसफाई गर्ने र सिंगार्ने गर्ने कार्य सुरु गर्दछन् ।

व्रत वस्नेहरु निराहार रही साँझ पवित्र कपडा लगाई पोखरी, नदी, तलाउ निर अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवा, केरा फलफुल, पान, सुपारी उखु आदिले अध्र्य दिई पूजा गरिन्छ । यसलाई साँझको अर्घ भन्ने गरिन्छ ।
भोलीपल्ट पनि पहिलेको नै उपकर्म गरि उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । त्यसलाई पारण भन्ने गरिन्छ । शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कार्तिक शुक्ल षष्ठीको वेलुका अस्ताउँदो र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व मनाइने गरिन्छ ।

सन्तान प्राप्तिका लागि, परीवारको स्वास्थ्यका लागि, कसैले आफ्नो मनोकामना पुरा होस भन्ने हेतुले भाकल गरि पनि यो पर्वको कठोर व्रत बस्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments