झगेन्द्र खड्का
गौरादह, १३ कार्तिक । हिन्दु धर्मावलम्बिहरुले रमाईलो मानेर मनाईने पर्व तिहारमा खेलिने देउसी,भैलोमा परम्परागत शैली हराउदै जाँदा देउसी,भैलोमा बिकृती देखिएको छ। तिहार पर्वका अबसरमा खेलिने देउसी, भैलो पछिल्ला दिनमा आएर टेप रेकर्ड गरेर आगनमा बजाउने र मानिसहरु तालि बजाएर उभिदा देउसीको परम्परा कालदेखि चलिआएको संस्कार लोप हुने अबस्थामा पुगेको बुढापाका बताउछन।
बलिराजाको नाम लिई खेलिने देउसी आँगनमा एक जनाले भट्टयाई अन्यले देउसीरे भन्दै आँगन घुमेर खेलि सिदा दिएपछि आशिष् दिई बिदा हुने गरिन्थ्यो। आधुनिकताको नाममा देउसी खेल्नेहरुले टेप रेकर्ड बजाएर तालि पड्काउने, पप् र रयापमा नाच्ने गर्नाले नेपाली लोक भाका समेत हराउने देउसीको मिठास हराउने सङकेत देखिएको छ।देउसी भैलो खेल्न केटाकेटी देखि बुढापाका सम्म र दुई, तीन जना देखि धेरै ठुलो जम्मभु टोली सम्म आउने गरेका छन
।केटाकेटीहरुले देउसी खेल्दा झिलिमिलि झिलिमिलि देउसीरे देखि दुई चार वटा भट्याएर सिदा लिई हिड्ने, आशिष् दिन नजान्ने, र अन्य ठुला देउसे टोलिले भट्टयाएर देउसी भन्नका गाराले टेप रेकर्ड बजाएर तालि मात्र पड्काउनाले देउसीको मिठास नहुने गौरादह-७ निवासी समर कुमार रपाल बताउछन।
पौराणिक काल देखि औसीको रात लक्ष्मी पुजा गरिसकेपछि महिलाहरुले भैलो खेल्ने र भोली पल्ट गोवर्दन पुजा गरिसके पछि पुरुषहरुले देउसी खेल्ने परम्परागत चलन चलेको थियो।पछिल्ला दिनमा आएर परम्पराकालदेखि चलिआएको देउसी भैलो संस्कार र परम्परा बचाउने नभई कमाउ धन्दामा परिणत भएको छ।देउसी भैलो कमाउ धन्दामा परिणत हुँदा महिलाहरुले खेलिने भैलोमा पुरुषहरुको र पुरुषहरुले खेलिने देउसीमा महिलाहरुको सहभागीताले संस्कार र परम्परा हट्दै जानुका साथै देउसी भैलो नै कमाउधन्दामा परिणत भएको देखिन्छ।
केटाकेटीहरु देउसी भैलो खेल्न आँगनमा आउने साथ दुई चार शब्द भट्याएर साईकलको घन्टी ढीलो भयो आन्टी, घोडा बाध्ने तबेला हामीलाई भयो अबेला भनेर उबिने र चामल पैसा लिएर हिड्ने गर्दछन। यसप्रकारले देउसी भैलो खेल्दा हिन्दुहरुको परम्परा र संस्कृति बचाउने नभई देउसी भैलो कमाउ धन्दामा परिणत भएको देखिन्छ। दशैं सकिए लगतै केटाकेटीहरुमा तिहारको रौनक सरुहुन्छ। कहिले तिहार आउँछ र देउसी भैलो खेलेर पैसा कमाउन पाईन्छ भन्ने उत्सुकता भएको पाईन्छ। देउसी भैलोलाई रमाईलो, मनोरन्जन र कमाउधन्दामा मात्र सिमित नराखी संस्कृति र परम्परा बचाउन पनि उतिकै आबस्यक देखिन्छ। देउसी भैलो खेल्न केटाकेटीहरुलाई पठाउदा अभिभाबकले त्यसको महत्व सिकाउन र सुजबुज भएकाहरुले खेल्दा संस्कृतिलाई बचाइ राख्ने उदेस्यले खेल्नु पर्ने देखिन्छ ।






