गौरादह, ९ कार्तिक । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्कीले बहुभाषि, बहुजातिहरुको मिश्रित बसोबास रहेको मुलुकमा चाड पर्वले सबैलाई एक शुत्रमा बाँध्न सक्ने बताएका छन् ।
मन्त्रि कार्कीको आयोजना तथा नेपाल कम्युनिष्ट पार्टी प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. ५ क को व्यवस्थापनमा गौरादहको सामुदायीक हलमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम.लाई सम्बोधन गर्दै मन्त्रि कार्कीले परम्पराकालदेखि नेपाल र नेपालीहरुमा मनाईंदै आएको महान् पर्व दशैं तिहार र छठ पर्वले मुलुक भित्र बसोबास गर्ने १ सय २६ भन्दा बढी जातजातिहरुको बसोबास रहेकाले सबैमा भाइचाराको सम्बन्ध कायम राख्दै यि चाडपर्वहरुले सद्भाव कायम राख्ने धारणा राखे ।
आगामि ३ वर्ष भित्रमा युवाहरुलाई रोजगारीको अवसर सिर्जना गराउँदै गरिबि निवारण गर्न सरकारले विशेष कार्यक्रम ल्याउने बताए । विकासको मेरुदण्ड मानिने सडक सञ्जाल विस्तार र निर्माण कार्यलाई तिव्रता दिने बताए । कृषिलाई आधुनिकिकरण गरि युवाहरुलाई स्वदेशमै रोजगारी का अवसर सिर्जन गर्ने बताए ।
प्रदेश समन्वय कमिटि संयोजक योगराज दाहालको सभापतित्व्मा सम्पन्न कार्यक्रममा प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरे प्रमुख अतिथि रहेका थिए । त्यसअवसरमा प्रदेश सभा सदस्य झलक सिंह दर्लामी, जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेल, कमलगाउँपालिका अध्यक्ष मेनुका काफ्ले र प्याब्सन केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेकपा का नेता पुष्प ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा नगर अध्यक्ष मित्रदेव काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए ।






