Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं, ७ कार्तिक । हामी यस्तै त हो नि ब्रो, बोलको र्‍याप गीत गाएर चर्चामा आएका भिटेन भनेर चिनिएका समिर घिसिङलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । चर्चामा रहेको उनको गीतमा प्रहरीलाई खिसी गरेको र गाँजा खाने कुरा गरिएको जस्ता सामाजिक मर्यादाविपरीतको विषयवस्तु रहेको भन्दै उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ।

महाशाखाका एसएसपी सहकुल थापाले भिटेन पक्राउ परेको र उनीमाथि सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको बताए।

प्रहरीले केही दिनअघि मात्रै ह्याप्पी तिहार, चिसो बियर भन्दै गीत गाएका दुर्गेश थापालाई पनि नियन्त्रणमा लिएर गीतबाट केही शब्द हटाउने सर्तमा छोडीदिएको थियो।कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments