Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

कार्तिक, ६ लन्डन । बेलायतको एसेक्सस्थित वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडकमा राखिएको एउटा लरीको कन्टेनरभित्र ३९ वटा शव फेला परेका छन् । शवहरु मध्ये ३८ जना वयस्क र एक जना किशोरको रहेको बताइएको छ ।
प्रहरीका अनुसार उक्त लरी बल्गेरियाबाट होलिहेड हुँदै शनिबार बेलायत छिरेको थियो। हत्याको आशंकामा प्रहरीले नर्दन आयरल्यान्डका २५ वर्षीय लरी चालकलाई पक्राउ गरेको छ।

शवहरुको पहिचान गर्ने प्रयास भइरहेको एसेक्स प्रहरीले जनाएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले घटनाबाट आफू स्तब्ध भएको बताउँदै घटनाबारे निरन्तर जानकारी लिइरहेको जनाएका छन्।प्रहरीले औद्योगिक क्षेत्र बन्द गरेर घेराबन्दी गरेको छ। राष्ट्रिय अपराध अनुसन्धान विभागले घटनाबारे छानबिन गर्नका लागि अनुसन्धान अधिकृतहरु त्यस क्षेत्रमा खटाइएको जनाएको छ।

यसअघि सन् २००० मा ५८ जना चिनियाँ आप्रवासीको शव लरीको पछाडि फेला पारिएको थियो। डोभरमा भएको उक्त घटनामा दुई जना भने जीवितै थिए।एजेन्सी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments